‘सार्वजनिक चासोका मुद्दाको पैरवी वा फैसला गरेको दिन सामाजिक सञ्जाल नहेर्नू’
▸ यस स्टोरीको अंश: न्यायाधीश पोखरेलको सुझाव: सार्वजनिक चासोका मुद्दाको फैसलापछि सामाजिक सञ्जालबाट टाढा रहनुपर्ने
सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले सार्वजनिक चासोका मुद्दामा पैरवी वा फैसला गरेको दिन सामाजिक सञ्जालबाट टाढा रहन न्यायाधीश र वकिलहरूलाई आग्रह गरेका छन् । काठमाडौंमा आयोजित ‘मानसिक सु–स्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममार्फत उनले यस्तो आग्रह गरेका हुन् । “जुन पब्लिकको चासो भएको मुद्दाको बहस गर्नुहुन्छ वा हामी न्यायधीशहरूले फैसला गर्छौं, त्यो दिनको बेलुकाको सोसियल मिडिया नहेर्ने,” उनले भने । उनले सार्वजनिक सरोकारको मुद्दाको फैसलामाथि आउने प्रतिक्रियाले न्यायाधीश र कानुन व्यवसायीको मनोविज्ञानमा असर पार्न सक्ने बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित