बाढीमा फसेका २० जनाको सशस्त्र प्रहरीले गर्यो उद्धार
▸ यस स्टोरीको अंश: सशस्त्र प्रहरीद्वारा कञ्चनपुरमा बाढीमा फसेका २० महिलाको सकुशल उद्धार
सशस्त्र प्रहरी बल (एपीएफ) नेपालको टोलीले कञ्चनपुरको पुनर्वासमा पर्ने दोदा नदी र बाहुन खोलामा आएको बाढीमा फसेका २० जनाको सकुशल उद्धार गरेको छ । नदी तरेर निउरो टिप्न गएका पाँच जना महिला र दाउराघाँस गर्न गएका १५ जना महिलालाई सशस्त्र प्रहरीले उद्धार गरेको हो । मनसुन शुरू भएसँगै पहाडी भेगमा वर्षा हुँदा तराईका नदीहरूमा एक्कासि पानीको बहाव बढेर बाढी आउन सक्ने खतरा रहेकाले आमनागरिकलाई सतर्क रहन आह्वान गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›