पालिकाले दियो एसइईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटप
▸ यस स्टोरीको अंश: रामप्रसादराई गाउँपालिकाले एसइई उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसहित सम्मान गर्यो
यहाँको रामप्रसादराई गाउँपालिकाले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई ल्यापटप वितरण गरेको छ । गाउँपालिकाले विद्यार्थीलाई अध्ययनप्रति थप प्रेरित गर्दै आधुनिक प्रविधि र शिक्षामा प्रतिस्पर्धात्मक वातावरण सृजना गर्ने उद्देश्यले सम्मान गरेको हो । साधारणधारतर्फ उत्कृष्ट नतिजा ल्याउने छात्रा प्रिया राई र छात्र प्रविन तामाङलाई ल्यापटप वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›