सडक विस्तार भएर पुग्यो ३७ हजार किलोमिटर, ५६ प्रतिशत कालोपत्रे, २१% ग्रावेल
▸ यस स्टोरीको अंश: बानेश्वरमा फुटपाथ निर्माणको नाममा बेथिति, पैदल यात्रु जोखिममा
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभामा पेस गरेको आर्थिक सर्वेक्षण अनुसार हालसम्म २० हजार ४५६ किलोमिटर सडक कालोपत्रे गरिएको छ। हालसम्म रणनीतिक र स्थानीय सडक सञ्जाल ३६ हजार ८०६ किलोमिटर पुगेको छ। त्यसमध्ये २० हजार ४५६ किलोमिटर सडक कालोपत्रे गरिएको हो। ७ हजार ६०२ किलोमिटर सडक ग्रावेल गरिएको छ र ८ हजार ७४८ किलोमिटर कच्ची सडक हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित