सडक तथा पुल निर्माणतर्फ उल्लेख्य प्रगति, सुरुङमार्गतर्फ कस्तो छ?

यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३: सडक सञ्जाल ३६,८०६ किमी नाघ्यो, डिजिटल पहुँच ८२% घरधुरीमा
www.capitalnepal.com · 2 दिन अघि

चालु आर्थिक वर्ष २०८२/८३ मा सडक तथा पुल निर्माणतर्फ उल्लेख्य प्रगति भएको छ । आर्थिक सर्वेक्षणअनुसार फागुनसम्म देशभर सडक सञ्जालको कुल लम्बाइ ३६ हजार ८ सय ६ किलोमिटर पुगेको छ, जसमध्ये २० हजार ४ सय ५६ किमी कालोपत्रे छ । मध्यपहाडी (पुष्पलाल) लोकमार्गमा १९ किमी कालोपत्रे भएसँगै कुल १ हजार ५ सय २९ किमी सडक कालोपत्रे भएको छ भने १३७ पुलमध्ये ११४ वटा निर्माण सम्पन्न भएका छन् । हुलाकी लोकमार्गमा पनि थप २९ किमी कालोपत्रे भई कुल १ हजार ३ सय ८१ किमी सडक कालोपत्रे भएको छ । सुरुङमार्गतर्फ सिद्धबाबा सुरुङको मुख्य सुरुङ लाइनिङ सम्पन्न भएको छ भने नागढुङ्गा सुरुङमार्गको संरचनात्मक तथा उपकरण जडान कार्य सकिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू