झोलुङ्गे पुलका लागि पाँच अर्ब बजेट
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि झोलुङ्गे पुल निर्माण तथा विस्तार कार्यक्रमअन्तर्गत पाँच अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकलाई सुरक्षित आवतजावतको सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त बजेट छुट्याइएको जानकारी दिए। सडक पहुँच कमजोर भएका पहाडी तथा हिमाली जिल्लामा स्थानीय नागरिकलाई आवतजावत, शिक्षा, स्वास्थ्य र व्यापारिक गतिविधिमा सहजता ल्याउन पुल निर्माणलाई प्राथमिकतामा राखिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›