रास्वपा नेतृत्व सरकारको पहिलो बजेट : अर्थतन्त्र रूपान्तरणतर्फ कस्तो ‘रोडम्याप’ आउला ?
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट शुक्रबार संघीय संसद्मा प्रस्तुत गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले आज आफ्नो पहिलो बजेट सार्वजनिक गर्दैछ। अर्थमन्त्री स्वर्णिम वाग्लेले अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक आय–व्यय विवरण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। बजेटले आगामी सात वर्षभित्र नेपालको अर्थतन्त्रलाई १०० अर्ब अमेरिकी डलर बराबर पुर्याउने तथा १० वर्षभित्र नेपाललाई मध्यम आय भएको मुलुकमा रूपान्तरण गर्ने दीर्घकालीन लक्ष्य अघि सार्ने तयारी गरेको छ। सूचना प्रविधि क्षेत्रलाई ‘राष्ट्रिय रणनीतिक उद्योग’का रूपमा विकास गर्ने, स्टार्टअपका लागि बीउ पूँजीको व्यवस्था गर्ने र युवालाई लक्षित ‘रिमोट वर्क’ कार्यक्रम सञ्चालन गर्ने योजना बजेटमा समेटिने अपेक्षा गरिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित