बागमतीमा डुबेका दुवै युवकको शव भेटियो

यस स्टोरीको अंश: बागमती नदीमा डुबेर बेपत्ता भएका दुई युवकको शव फेला
nepalnews.com · 3 दिन अघि

नदी तर्ने क्रममा डुबेर बेपत्ता भएका दुई युवकको शव फेला परेको छ। बागमती नदी तर्ने क्रममा रौतहट र सिन्धुलीको सिमाना झप्सी भन्ने स्थानबाट शनिबार अपराह्न दुई युवक बेपत्ता भएका थिए। खोलामा बेपत्ता भएका लालबन्दी नगरपालिका ९‚ बस्तीपुरका १८ वर्षीय रोहित महतो र लालबन्दी नगरपालिका ६ का २० वर्षीय गणेश महतोको शव खोजीका क्रममा आज (आइतबार) बागमती नगरपालिका ११ स्थित खोलाकिनारमा फेला परेको प्रहरीले जनाएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू