नेकपा (एमाले) संसदीय दलको बैठकमा आगामी बजेटबारे छलफल जारी
सिंहदरबारमा जारी नेकपा (एमाले) को संसदीय दलको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका प्राथमिकता, नीति तथा कार्यक्रमबारे छलफल भइरहेको छ। बैठकमा सांसदहरूले बजेटलाई जनसरोकारका विषयसँग जोड्ने बारेमा आ-आफ्नो धारणा राखिरहेका छन्।