पोखराको नाइट क्लबमा गुण्डा नाइके सानुभाइद्वारा वितण्डा मच्चाएको आरोप
पोखराको लेकसाइडस्थित क्लब १६ मा गुण्डागर्दी पृष्ठभूमिका युवराज गुरुङ उर्फ सानुभाइ र उनको समूहले अर्को समूहका युवालाई मरणासन्न हुनेगरी कुटपिट गरेको प्रहरीले जनाएको छ । प्रहरीलाई तत्काल सूचना नगरिँदा सानुभाइ समूह क्लबबाट भाग्न सफल भएको थियो । पीडित युवाले सोमबार सानुभाइ समूहविरुद्ध उजुरी दिएका छन् ।