रास्वपा प्रवास समिति मलेसियाको दोस्रो अधिवेशन जुन १ मा हुने

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीको मलेसिया प्रवास समितिले जुन १ मा दोस्रो अधिवेशन गर्ने
www.osnepal.com · 2 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास नेपाली सम्पर्क विभाग, मलेसियाद्वारा आगामी जुन १ तारिखमा दोस्रो ऐतिहासिक अधिवेशन आयोजना गरिने भएको छ। क्वालालम्पुरस्थित नेटफार प्रेस्टो क्याफेमा हुने उक्त अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। अधिवेशनको तयारी गरिरहेका मलेसिया संयोजक नेत्र केसीले मलेसियाका विभिन्न राज्य तथा क्षेत्रमा रहेका नेपाली समुदायसँग सम्पर्क गर्दै कार्यक्रममा व्यापक सहभागिताका लागि आह्वान गरिरहेका छन्। अधिवेशनमा संगठन सुदृढीकरण, प्रवासमा रहेका नेपालीका समस्या, श्रमिक हकहित, वैदेशिक रोजगारीका चुनौती र अवसर तथा नेपालमा सुशासन र वैकल्पिक राजनीतिको आवश्यकता लगायत विषयमा छलफल हुनेछ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू