अधुरा सडक निर्माणमा स्थानीय तहको संयुक्त पहल
▸ यस स्टोरीको अंश: महाबु सडक निर्माणका लागि दैलेख र कालिकोटका स्थानीय तहको संयुक्त पहल
दैलेख र कालीकोटका स्थानीय तहले कर्णालीका दुर्गम जिल्लासम्म सडक पहुँच विस्तार गर्ने उद्देश्यले अधुरो सडकको ट्र्याक निर्माण अगाडि बढाउन संयुक्त पहल थालेका छन् । सङ्घीय सरकारसँग लुम्बिनी प्रदेशको जमुनाह–कोहलपुर हुँदै सुर्खेत, दैलेख, महाबुलेक, कालीकोटको नाग्म हुँदै मुगु र हुम्लाको नाग्चेनाग्लासम्म जोड्ने त्रिदेशीय सडक निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न माग गरेका छन् । दैलेखको नारायण नगरपालिका, नौमुले गाउँपालिका, महाबु गाउँपालिका तथा कालीकोटका महाबै गाउँपालिका, खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिकाबिच भएको अन्तरपालिकास्तरीय समन्वय बैठकले सो निर्णय गरेको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›