विकासका लागि बजेट माग्दै वडाध्यक्ष बसे मुख्यमन्त्री कार्यालयमा धर्ना
▸ यस स्टोरीको अंश: राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
सल्यानको कालीमाटी गाउँपालिका–७ का वडाध्यक्ष मित्रलाल रिजालले सडक र टेलिफोन टावर निर्माणका लागि प्रदेश सरकारले बजेट नदिएको भन्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बसेका छन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित रिजालले घुइयाबारी–स्वामीबास–बबई सडकको स्तरोन्नति तथा नेपाल टेलिकमको टावर निर्माणका विषयमा पटकपटक अनुरोध गर्दा पनि प्रदेश सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् । माग सम्बोधन नभएसम्म धर्ना जारी राख्ने चेतावनी उनले दिएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›