यसवर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण
▸ यस स्टोरीको अंश: कृषि समितिद्वारा रासायनिक मलको सहज आपूर्ति र मौज्दातबारे छलफल
प्रतिनिधिसभाका सांसदले यसवर्ष किसानलाई मलको अभाव हुन नदिन समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । कृषि सामग्री कम्पनी लिमिटेडले देशमा हुने मलखादको मागबमोजिम अनुदान बजेट एवम् वार्षिक खरिद परिमाण नतोकिँदा किसानको मागबमोजिम मल उपलब्ध गराउन नसकिएको जनाएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले मन्त्रालयले आफूसँग भएका सबै विकल्प अपनाएर भए पनि क्षमताले भ्याएसम्म यो वर्ष किसानलाई मलको अभाव हुन नदिने प्रतिबद्धता वयक्त गर्नुभयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›