उद्योग व्यवसायको ‘प्याटेन्ट राइट्स’ दर्ता गर्न सरकारले अनुदान दिनुपर्ने महावीर पुनको माग
▸ यस स्टोरीको अंश: विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि प्रतिनिधिसभामा छलफल सुरु
आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका झविलाल डुम्रेले गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्ने सिद्धार्थ राजमार्गलाई प्राथमिकता दिनुपर्ने बताए। नेपाली कांग्रेसकी बासना थापाले युवा रोजगारी सिर्जनामा आकर्षण दिन नसकेको टिप्पणी गर्दै संघ, प्रदेश र स्थानीय तहबीच समन्वय बढाउन सुझाव दिइन्। नेकपा (एमाले)का डा. पुष्पराज कँडेलले निजी क्षेत्रको व्यावसायिक वातावरण वृद्धि गर्न प्रस्तावले प्राथमिकता नदिएको आरोप लगाए। राप्रपाकी खुश्बु ओलीले कृषि उत्पादनलाई राज्यले प्राथमिकता दिनुपर्ने माग गरिन् भने महावीर पुनले उद्योग व्यवसायको ‘प्याटेन्ट राइट्स’ दर्ता गर्न सरकारले अनुदान दिनुपर्ने र अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन गर्न आग्रह गरे।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›