विदेशी प्रतिनिधिसँग बालेनले भने - नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहद्वारा ईयू राजदूतहरूसँग भेटवार्ता: जीवनस्तर उकास्ने र सुशासन कायम गर्ने प्रतिबद्धता
प्रधानमन्त्री बालेनले नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन् । काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघ (ईयू) तथा यसका सदस्य रास्ट्रका राजदूत तथा काठमाडौँस्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा उनले वर्तमान क्षणको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताएका हुन् । प्रधानमन्त्री साहले नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमानयोग्य हुने सुनिश्चित गर्दै हामी लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध छौँ।” उनले नेपालको सुशासन र अर्थतन्त्रको समावेशी वृद्धिका लागि आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको दोहोर्याए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित