जेनजी आन्दोलनमा सेनाको भूमिकामाथि आयोगको प्रश्न, ‘मूकदर्शक बनेर बस्यो’
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानवअधिकार आयोगद्वारा जेनजी आन्दोलन प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भएको हिंसा नियन्त्रणमा नेपाली सेनाको भूमिकामाथि प्रश्न उठाएको छ। आयोगले आन्दोलन हिंसात्मक बन्दै जाँदा पनि सेना प्रभावकारी रूपमा परिचालित नभएको निष्कर्ष निकालेको छ। बुधबार सार्वजनिक गरिएको अनुसन्धान प्रतिवेदनअनुसार भदौ २३ गते प्रदर्शन नियन्त्रण बाहिर गएपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारीले सेनासँग सहयोग मागेका थिए, तर आवश्यक सहयोग प्राप्त नभएको आयोगले जनाएको छ। प्रतिवेदनमा आन्दोलनका क्रममा भएको क्षति नियन्त्रण गर्न नसकेको विषयमा सेनाले दिएको बयानमै एकरूपता नरहेको उल्लेख छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›