फेरि मिलेका हुन् केपी ओली र विद्या भण्डारी?
▸ यस स्टोरीको अंश: नैनसिंह महरद्वारा सरकारमाथि व्यक्तिको शासनतर्फ उन्मुख भएको आरोपपार्टी सदस्यता समेत खोसिएकी विद्या भण्डारी आइतबार नेकपा एमालेको कार्यक्रममा प्रमुख अतिथि बनेपछि अध्यक्ष केपी शर्मा ओलीसँग उनको फाटो अन्त्य भएको हो भन्नेमा धेरैको चासो बढेको छ । केही समययता पार्टी अध्यक्ष ओली र भण्डारीबीच राजनीतिक दुरी बढेको भए पनि भण्डारीलाई प्रमुख अतिथि बनाउने निर्णय ओलीकै चाहना अनुसार भएको हो । यसरी सदस्यता समेत खोसिएकी विद्या एकाएक एमाले कार्यक्रमको प्रमुख अतिथि बन्नुमा ओलीको स्वास्थ्य मात्र कारण छ कि राजनीतिक सन्देश पनि मिसिएको छ भनेर एमालेकै एक पदाधिकारीलाई जिज्ञासा राख्दा यसमा स्वास्थ्यको कारण मात्र नभएको तर्क गरे ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›