किसानलाई २४ अर्ब अनुदान वितरण: कृषि उत्पादन ज्यूँका त्यूँ

यस स्टोरीको अंश: सरकारले २४ अर्ब अनुदान वितरण गर्दा पनि कृषि उत्पादन ज्यूँका त्यूँ
nagariknews.nagariknetwork.com · 16 घण्टा अघि

चालु आर्थिक वर्ष २०८२/८३ मा कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउन सरकारले करिब सवा २४ अर्ब रुपैयाँ अनुदान वितरण गरेको छ। यसका लागि ३७ अर्ब ३१ करोड रुपैयाँ विनियोजन गरिएको थियो। फागुन मसान्तसम्म ६४.९ प्रतिशत अर्थात् २४ अर्ब २२ करोड रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ। अनुदान वितरण गरे पनि अपेक्षाकृत कृषिजन्य वस्तुको उत्पादन बढ्न सकेको छैन र मुलुकमा आवश्यकता अनुसार कृषिवस्तुको उत्पादन नहुँदा खर्बौं रुपैयाँका कृषिजन्य वस्तु विदेशबाट आयात हुने गरेका छन्।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू