पानीजन्य दुर्घटनाबाट हुने मृत्यु न्यूनीकरणमा ध्यान दिन सांसद गजुरेलको आग्रह

यस स्टोरीको अंश: रौतहटमा हावाहुरीले घर भत्किँदा महिलाको मृत्यु, विद्युत् सेवा अवरुद्ध
prasashan.com · 1 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले पानीमा डुब्ने तथा बग्ने घटनाबाट प्रत्येक वर्ष ठुलो संख्यामा नागरिकको ज्यान जाने गरेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल प्रहरीको तथ्यांक अनुसार वार्षिक करिब ४ सय जनाले डुबेर वा बगेर ज्यान गुमाउने गरेको र विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार यो संख्या १५ सयसम्म पुग्ने गरेको उनले बताए । उनले पानीसँग सम्बन्धित जोखिमबारे जनचेतना अभिवृद्धि गर्न, पूर्वाधार निर्माणका क्रममा जथाभावी खाल्डाखुल्डी छाड्ने प्रवृत्ति रोक्न र बालबालिकाको सुरक्षालाई प्राथमिकतामा राखेर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न माग गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू