प्रतिनिधिसभा बैठक : सडक सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण

यस स्टोरीको अंश: प्रतिनिधिसभामा सडक सुरक्षा, मल आपूर्ति, विपद् जोखिम र भूकम्प पीडितको समस्याबारे सरकारको ध्यानाकर्षण
biznessnews.com · 6 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले दैनिक औसत आठ जना नेपालीको सडक दुर्घटनामा परी ज्यान जाने गरेको अवस्थामा सडक सुरक्षालाई ध्यान दिन सरकारको ध्यानाकर्षण गराइन्। उनले पछिल्लो १० वर्षमा २४ हजार ९५ नेपालीको मृत्यु भएको भन्दै सडक सुरक्षा विधेयक अगाडि बढाएर सडक यातायातलाई सुरक्षित बनाउनुपर्ने माग गरिन्। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले मनसुन सुरु हुन लागेकाले विपद् जोखिमको पूर्वतयारी गर्न सरकारको ध्यानाकर्षण गराए। नेपाल कम्युनिष्ट पार्टी (एमाले) सांसद पद्यमा अर्यालले देशभर रोपाइँको समय भएकाले तत्काल मल आपूर्ति गर्न र महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू