संशोधनको समय नदिई नीति तथा कार्यक्रम पारित, विपक्षीको अवरोध
▸ यस स्टोरीको अंश: कोशी प्रदेशसभामा नीति तथा कार्यक्रम पारित, विपक्षीद्वारा बैठक अवरोध
विपक्षी दलहरूले संशोधन प्रस्ताव दर्ता गर्ने समय नदिई सरकारको नीति तथा कार्यक्रम पारित गरिएको भन्दै अवरोध गरेपछि कोसी प्रदेश सभाको बैठक स्थगित भएको छ। विपक्षीको विरोधका कारण सरकारले आगामी आवको बजेटका सिद्धान्त र प्राथमिकता (प्रि-बजेट) पेस गर्न सकेन। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएपछि सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा विपक्षीले विरोध जनाएका थिए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›