टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो (फोटो फिचर)
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवस काठमाडौँको टुँडिखेलमा विशेष समारोहका साथ मनाइयो
काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन शाह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति रहेको थियो । गणतन्त्र दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा मन्त्रीहरू तथा नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरूको समेत सहभागिता रहेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›