प्रधानमन्त्री बालेनलाई क्लिन चिट, ४८ जनामाथि अनुसन्धान गर्न सिफारिस

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा रास्वपा सांसदसहित विभिन्न व्यक्तिमाथि अनुसन्धानको सिफारिस
www.imagekhabar.com · 1 दिन अघि

राष्ट्रिय मानवअधिकार आयोगले ‘जेनजी’ आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदनमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई ‘क्लिन चिट’ दिएको छ । प्रतिवेदनमा शाहको नाम कतै पनि उल्लेख गरिएको छैन । आन्दोलनअघि सामाजिक सञ्जालमार्फत समर्थन जनाएका, वार्तादेखि राजनीतिक प्रस्तावसम्मका गतिविधिमा संलग्न देखिएका भए पनि आयोगले उनलाई छानबिनको दायरामा राखेको छैन । आन्दोलनसँग सम्बन्धित अभिव्यक्ति दिने, भिडियो बनाउने तथा सामाजिक सञ्जालमार्फत सक्रिय रहने व्यक्तिहरूलाई भने अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरिएको छ । आयोगले ‘आह्वानकर्ता, अभियन्ता र समर्थक’ भन्दै ४८ जनाको नाम प्रतिवेदनमा समेटेको छ, जसमा १६ जना हाल सांसद रहेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू