पश्चिम नेपालका छ जिल्लामा अत्यधिक गर्मीको सम्भावना
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि सोमबारसम्म पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा तीन दिनसम्म अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी हुने सम्भावना छ। यसबाट मानव स्वास्थ्यमा असर पर्नसक्ने भएकाले आवश्यक पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन प्राधिकरणले अनुरोध गरेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›