कञ्जगाउँवासीको कहर : ‘गाउँ छाडेर जाऔँ कहाँ जाने, बसौँ बस्न सक्ने अवस्था रहेन’
▸ यस स्टोरीको अंश: कञ्चनपुरको कञ्जगाउँमा दोदा नदीको बाढीले कटान र डुबानको समस्या
विसं २०७९ असार २५ को साँझ कञ्ज गाउँवासी दोदा नदीमा आएको बाढीले गाउँ डुबानमा परेपछि ठूलो कहर भोग्न बाध्य भए । मध्यरातमा हाहाकार मच्चियो । हेर्दाहेर्दै नदीको भेल गाउँमै पस्न लाग्यो । गाउँलेले आशा मार्न थाले । बालबच्चा बोकेर जाने ठाउँ पनि भएन । पछिल्ला दिन कञ्जगाउँ लगभग टाकुराजस्तै भएको छ । हिउँदमा नदी छ र ? भन्ने अवस्था हुन्छ । विशाल बगरमात्र देखिन्छ । आपत्कालीन अवस्थामा नदीको भेल गाउँमा पस्न नदिन र कटान रोक्न सिङ्गो बाँस र बाँसको पात प्रयोग गरिँदोरहेछ ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›
सम्बन्धित