ट्राफिक प्रहरीद्वारा एक सातामै एक करोड १८ लाख बढी राजस्व संकलन
▸ यस स्टोरीको अंश: ट्राफिक प्रहरीद्वारा एक सातामा १३ हजारभन्दा बढी चालक कारबाहीमा, एक करोड १८ लाख राजस्व सङ्कलन
काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म गरी एक सातामै १३ हजार ९० जना सवारी चालक तथा नियम उल्लंघनकर्तामाथि कारबाही गरेको छ । उक्त अवधिको कारवाहीबाट एक करोड १८ लाख छ हजार १३ रुपैयाँ राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार उपत्यकाभित्र बढ्दो सवारी चाप, अव्यवस्थित पार्किङ, लापरबाहीपूर्ण सवारी सञ्चालन तथा ट्राफिक नियमको बेवास्ताका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›