अन्तर्राष्ट्रिय रुपमै लाज हुने गरी संसदीय पत्रकारहरुको हरिबिजोग छ: सांसद सुनार

यस स्टोरीको अंश: सांसद सुनारले संसदीय पत्रकारका लागि न्यूनतम सुविधाको माग गरे
www.onlinepana.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले रिपोर्टिङमा खटिएका संसदीय पत्रकारहरुले भोग्नुपरेको कठिनाइबारे सरकारको ध्यानाकर्षण गराएका छन्। उनले रातदिन नभनी जनतालाई सुसूचित गर्ने कर्ममा लागेका संसदीय पत्रकारहरुलाई कम्तिमा तिर्खा लाग्दा पानी पिउन पाउने र बाथरुम जान पाउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। उनले संसदभवन बाहिर देखिएको पत्रकारलाई पानी पर्दा क्यामेरा लुकाउन र घाम लाग्दा टाउको लुकाउन हम्मे हम्मे हुने अवस्था अन्तर्राष्ट्रिय जगतमा पनि लाजै हुने विषय रहेको बताए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू