अत्यधिक गर्मी बढेपछि पालिकाहरूले विद्यालयमा बिदा दिन थाले

यस स्टोरीको अंश: अत्यधिक गर्मीले कञ्चनपुरका विद्यालयमा पठनपाठन प्रभावित, स्थानीय सरकारले बिदा दिने निर्णय
nagariknews.nagariknetwork.com · 4 दिन अघि

अत्यधिक गर्मी बढ्न थालेपछि यहाँका स्थानीय पालिकाहरूले विद्यालयमा बिदा दिन थालेका छन्। विद्यार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै केही स्थानीय पालिकाले गर्मी बिदाबाट कट्टा हुने गरी विद्यालयमा बिदा दिने गर्ने निर्णय गरेका हुन्। भीमदत्त नगरपालिकाले जेठ ११ देखि १३ गतेसम्म नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण संस्थागत र सामुदायिक विद्यालयमा बिदा दिएको छ। कृष्णपुर नगरपालिकाले पनि आइतबारदेखि लागू हुने गरी तीन दिनका लागि नगरपालिका क्षेत्रका सबै विद्यालयमा बिदा दिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू