सभामुखसमक्ष पत्रकार महासङ्घको ध्यानाकर्षण पत्र

यस स्टोरीको अंश: पत्रकार महासंघले सभामुख अर्याललाई प्रेस स्वतन्त्रताको ध्यानाकर्षण गरायो
www.nepaljapan.com · 3 दिन अघि

नेपाल पत्रकार महासङ्घले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग भेट गरी ध्यानाकर्षण पत्र बुझाएको छ । महासङ्घको प्रतिनिधिमण्डलले सोमबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेट गरी संविधानले संस्थागत गरेको प्रेस स्वतन्त्रता, विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुनै पनि रूपमा हस्तक्षेप वा सङ्कुचन नगर्न सभामुखको ध्यानाकर्षण गराएको छ । महासङ्घले नेपाल सरकारले संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदल गठन गरेको सन्दर्भमा व्यापक सहमतिका आधारमा उच्चस्तरीय संविधान संशोधन सुझाव कार्यदल गठन गर्न सुझाव दिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू