ट्रक र स्कारपियो ठोक्किँदा आठ जना घाइते
▸ यस स्टोरीको अंश: सर्लाहीमा ट्रक र स्कारपियो ठोक्किँदा आठ जना घाइते
महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको बागमती नगरपालिका–४, नगरपालिका चोकमा ट्रक र स्कारपियो ठोक्किँदा आठ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था खतरामुक्त रहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । दुर्घटनामा स्कारपियो चालक कविलासी नगरपालिका ८ का ५७ वर्षीय जयपाल राय, स्कारपियोमा सवार ब्रह्मपुरी गाउँपालिका–४, त्रिभुवननगर बस्ने ५८ वर्षीय शिवशङ्कर हलुवाइ, उहाँको श्रीमती ५७ वर्षीया पुनम देवी, छोरा ३४ वर्षीय सोनुप्रसाद, सोनुकी श्रीमती ३३ वर्षीया अञ्जली देवी, सोनुका छोरा नौ वर्षका कन्हैया र पाँच वर्षका किसन, शिवशङ्करका अर्का छोरा ३० वर्षीय मनोज हलुवाई घाइते हुनुभएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›