रास्वपाका सभापति लामिछाने भारत भ्रमण जाँदै, उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय
▸ यस स्टोरीको अंश: रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै, सरकार अनभिज्ञ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जुन १–२ (जेठ १८–१९) भारत भ्रमणमा जाने भएका छन् । भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा उनी भारत जान लागेको स्रोतले जनाएको छ। भ्रमणका क्रममा उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर, विदेश सचिव विक्रम मिस्री, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायत उच्चस्तरीय अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको बताइएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›