संसदमा खगेन्द्र सुनारको मागः पत्रकारलाई पानी पिउने र पिसाब फेर्ने व्यवस्था मिलाऔं
▸ यस स्टोरीको अंश: सांसद सुनारले संसदीय पत्रकारका लागि न्यूनतम सुविधाको माग गरे
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद खगेन्द्र सुनारले संसदीय मामिलासम्बन्धी रिर्पोटिङमा खटिएका पत्रकारले भोग्नुपरेको दुःखप्रति सभामुख डोलप्रसाद (डिपी) अर्याल र संसद् सचिवालयको ध्यानाकर्षण गराएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पत्रकारलाई तिर्खा लाग्दा पानी पिउन र शौच गर्न शौचालय जान पाउने व्यवस्था मिलाउन माग गरे । स्थान अभावका कारण संसद सचिवालयले पत्रकारलाई भित्र प्रवेश नदिएपछि उनीहरू बाहिर बस्न बाध्य छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›