व्यवसायिक विद्युत योजना बनाएरमात्र बिजुली खरिद गर्न प्राधिकरणलाई महालेखाको सुझाव
▸ यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: विद्युत खरिदमा अर्बौंको भार, लगानी र बजेट उपयोगमा बेथितिको औंल्याईमहालेखा परिक्षकको कार्यालयले नेपाल विद्युत प्राधिकरणलाई व्यवसायिक विद्युत योजनासहित विद्युत खरिद सम्झौता गर्न सुझाव दिएको छ। हाल २५३ वटा स्वतन्त्र ऊर्जा उत्पादकसँग १६ हजार २७ मेगावाट खरिद सम्झौताको प्रक्रियामा प्राधिकरण रहेको छ। यस वर्षका लागि गरिएको योजना र वास्तविक विद्युत उत्पादनको तुलना गर्दा अधिकांश महिनामा योजना भन्दा उत्पादन कम भएको कारण प्राधिकरणलाई करिब २६ करोड ८८ लाख रुपैयाँ किलोवाट घण्टा विद्युत उत्पादन घाटा भएको महालेखाले उल्लेख गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›