बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
▸ यस स्टोरीको अंश: मकवानपुरमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु, चालक नियन्त्रणमा
हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको मकवानपुरगढी–२ सिखरकटेरीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको बसले घुम्तीमा विपरीत दिशातर्फ जाँदै गरेको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक स्थानीय ५५ वर्षीय दोर्जेरत्न योञ्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›