रानी सैन गइरहेको टोलीमाथि हुम्लाका नागरिकले गरे आक्रमण, पाँच जना घाइते
▸ यस स्टोरीको अंश: हुम्ला–बाजुरा सीमा विवादले धुलाचौरमा यात्रु अलपत्र, यातायात अवरुद्ध
बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल सहितको टोली अपि सैपाल हिमालको ब्यस क्याम्प रानी सैन भ्रमणमा गएको बेला हुम्लाका करिब दुई सय स्थानीयले आक्रमण गर्दा पाँच जना घाइते भएका छन्। ड्रोनबाट भिडियो खिच्ने क्रममा भएको विवाद र हातपातमा परी घाइते हुनेहरूमा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडा सदस्य, एक महिला र प्रहरी जवान रहेका छन्। नापी, लालपुर्जा तथा प्रशासनिक अभिलेख अनुसार बाजुरा जिल्ला अन्तर्गत पर्ने लाम्पाटा र रानी सैन क्षेत्रलाई हुम्ली बासीहरूले आफ्नो जिल्लामा पर्ने दाबी गर्दै आएका छन् र सोही विवादका कारण प्रहरी चौकी निर्माण स्थलमा समेत विवाद उत्पन्न भएको थियो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›