कर्णाली सरकार : बजेट निर्माणमा सन्तुलन कायम गर्न सुझाव
▸ यस स्टोरीको अंश: कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबारे सरोकारवालासँग छलफल गर्यो
कर्णाली प्रदेशसभा सदस्यहरूले आगामी वर्षको बजेट बनाउँदा सन्तुलन कायम राख्न, सबै स्थानीय तह समेटिने गरी योजना छनोट गर्न र अधुरा योजनालाई सम्पन्न गर्न प्राथमिकता दिन सुझाव दिएका छन् । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले आयोजना गरेको बजेट तयारी सम्बन्धी छलफलमा सहभागीहरूले लिफ्ट सिंचाइ कार्यक्रमलाई निरन्तरता दिन, लागत सहभागिता हटाउन र खानेपानी, सिँचाइ, ऊर्जा तथा तटबन्धका योजनालाई प्राथमिकता दिनुपर्ने बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›