कार्यान्वयन हुने किसिमका नीति तथा कार्यक्रम ल्याउन सुझाव
▸ यस स्टोरीको अंश: कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबारे सरोकारवालासँग छलफल गर्यो
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमाथि विभिन्न सरोकारवालाहरूसँग छलफल गरिरहेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले वीरेन्द्रनगरमा आगामी आवको ‘नीति तथा कार्यक्रम र बजेट तथा राजस्व परामर्शसम्बन्धी अन्तक्र्रिया, सुझाव सङ्कलन’ विषयक छलफल सम्पन्न गर्यो । छलफलमा कर्णालीको दीर्घकालीन विकास, मानव विकास सूचाङ्क र कुल गार्हस्थ्य उत्पादनमा वृद्धि गर्ने तथा यहाँका नागरिकहरूको जीवनस्तर उकास्ने उत्पादनमुखी, जनमुखी र परिणाममुखी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने हेतुले सुझाव सङ्कलन गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›