हिमालको सुरक्षा नेपालको मात्र नभई सम्पूर्ण विश्वकै साझा दायित्व
▸ यस स्टोरीको अंश: पर्यटन मन्त्री पौडेलद्वारा सगरमाथालाई नेपालको गौरव र पहिचानको प्रतीक घोषणा
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सगरमाथा हिमाल पहिचान र गौरवको प्रतीक भएको बताएका छन् । पर्यटन विभाग र नेपाल पर्यटन बोर्डले आयोजना गरेको कार्यक्रममा उनले सगरमाथा आरोहण शारीरिक चुनौती र साहसको प्रतीक भएको बताए । मन्त्री पौडेलले हिमालको संरक्षण र सम्वद्र्धन राष्ट्रिय स्वाभिमान र आर्थिक विकासका लागि आवश्यक रहेको उल्लेख गर्दै जलवायु परिवर्तनको असरले हिउँ पग्लिँदा हिमताल जोखिममा परेको बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›