कामना सेवा विकास बैंकद्वारा नेपाल रेडक्रस सोसाइटीलाई डोनर बेड हस्तान्तरण
कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय विराटनगरमार्फत मोरङ जिल्ला स्थित नेपाल रेडक्रस सोसाइटीलाई १० थान डोनर बेड हस्तान्तरण गरेको छ । रक्तसञ्चार सेवाको प्रभावकारी सञ्चालन तथा गरिब र विपन्न वर्गका बिरामीहरूलाई समयमै आवश्यक रगत उपलब्ध गराउने उद्देश्यले गरिने रक्तदान कार्यक्रमहरुको सहयोगको लागि बैंकले उक्त डोनर बेड प्रदान गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›