लुम्बिनी मन्त्रिपरिषद बैठकको निर्णय- मन्त्रालय संख्या ८ कायम गर्ने तयारी
▸ यस स्टोरीको अंश: लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या ८ कायम गर्ने तयारीलुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालय संख्या ८ वटा कायम गर्ने गरी तयारी अघि बढाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई यथासिघ्र मन्त्रालयको संगठन संरचना पुनरावलोकन गरी प्रतिवेदन पेस गर्न जिम्मेवारी दिएको हो। बैठकले उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले सवारी साधन नवीकरण तथा पटके सेवा सञ्चालन सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›