३ लाख नदिएसम्म उड्न दिन्न भनेपछि म्यानपावरमाथि स्टिंग अपरेसन, एजेन्ट रङ्गेहात पक्राउ

यस स्टोरीको अंश: म्यानपावर एजेन्ट ३ लाख ठगीमा रङ्गेहात पक्राउ, श्रममन्त्रीको सचिवालयको सक्रियता
newspolar.com · 1 हप्ता अघि

सेक्युरिटी गार्डमा मलेसिया जान लागेका सप्तरीका अजय कुमार यादवलाई ग्रान्ड स्विट जब म्यानपावरले ३ लाख रुपैयाँ मागेपछि उनी मलेसिया उड्न पाएनन्। सरकारको ‘फ्रि भिसा फ्रि टिकेट’ नीतिअनुसार १० हजार रुपैयाँमा हुने काममा ३ लाख मागिएको थियो। मन्त्री रामजी यादवका स्वकीय उपसचिव सरोज यादवको पहलमा प्रहरीले म्यानपावरका एक कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ। पक्राउ परेका कर्मचारीको साथबाट ४ वटा पासपोर्टसहित फ्लाइट टिकेट र अन्य महत्त्वपूर्ण कागजात बरामद भएको छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू