पाँचथरको याङवरकमा बाढीपहिरोका कारण सडक, झोलुंगे पुल र जलविद्युत्मा क्षति
▸ यस स्टोरीको अंश: पाँचथरको याङवरकमा बाढीपहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, दुई घर र तीन झोलुङ्गे पुल बगायो
अविरल वर्षापछि गए राति आएको बाढीपहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो क्षति पुर्याएको छ । याङवरक गाउँपालिका वडा नं १, २ र ३ मा बाढी पहिरोले घर गोठहरू, सडक, झोलुङ्गे पुल, जलविद्युत् आयोजनालगायतमा क्षति पुर्याएको हो । याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोका अनुसार बाढी पहिरोले हालसम्म वडा नं १ मा दुई वटा घर र वडा नं १ र २ मा गरी तीन वटा झोलुङ्गे पुल बगाएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›