विकासशील राष्ट्रमा स्तरोन्नती नगरिदिन परराष्ट्रमन्त्री खनालले यूएनलाई लेखे चिठी, देखाए ५ कारण
▸ यस स्टोरीको अंश: नेपालले एलडीसी स्तरोन्नति तीन वर्ष पर सार्न राष्ट्रसंघसमक्ष औपचारिक आग्रह गर्यो
नेपाल सरकारले अति कम विकसित मुलुक (एलडिसी) को सूचीबाट विकासशील मुलुकमा हुने स्तरोन्नति (ग्र्याजुएसन) लाई तत्कालका लागि रोक्न औपचारिक प्रक्रिया सुरु गरेको छ । सन् २०२६ नोभेम्बर २४ का लागि तय भएको स्तरोन्नतिको मितिलाई थप ३ वर्ष पछाडि अर्थात् सन् २०२९ नोभेम्बरसम्म पुर्याउन सरकारले संयुक्त राष्ट्रसंघसँग औपचारिक आग्रह गरेको हो । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्र संघको ‘कमिटी फर डेभलपमेन्ट पोलिसी’ (सीडीपी) का अध्यक्षलाई पत्र लेख्दै नेपालको हालको आर्थिक, सामाजिक र भूराजनीतिक परिस्थितिका कारण निर्धारित समयमा स्तरोन्नति हुन नसक्ने जानकारी गराएका छन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›