परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच टेलिफोन वार्ता

यस स्टोरीको अंश: परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच टेलिफोन संवाद, विकास प्राथमिकतामा छलफल
www.pardafas.com · 1 दिन अघि

परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिला सम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच टेलिफोन वार्ता भएको छ । कुराकानीका क्रममा उपविदेशमन्त्री हुकरले खनाललाई परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेकोमा बधाई दिँदै नेपाल सरकारसँग निकट रहेर काम गर्ने अमेरिकी सरकारको प्रतिबद्धता दोहोर्‍याएको परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ । दुई देशबीचको आठ दशक लामो सहकार्यात्मक सम्बन्धका बारेमा चर्चा गर्दै दुवै पक्षले द्विपक्षीय र बहुपक्षीय स्तरमा आपसी हितका लागि सहयोगलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू