नाइमाले भन्यो - ईभीको मोटर क्षमता परीक्षणका लागि स्पष्ट राष्ट्रिय मापदण्ड आवश्यक

यस स्टोरीको अंश: नाइमाले विद्युतीय सवारी साधनको मोटर क्षमता परीक्षणका लागि स्पष्ट राष्ट्रिय मापदण्डको माग गर्‍यो
www.nepalviews.com · 1 हप्ता अघि

विद्युतीय सवारीसाधन (ईभी) को मोटर क्षमता परीक्षण, प्रमाणीकरण तथा प्राविधिक मूल्यांकनका लागि स्पष्ट राष्ट्रिय मापदण्ड आवश्यक रहेको अटोमोबाइल व्यवसायीहरूले बताएका छन् । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले विज्ञप्ति जारी गर्दै ईभीको मोटर क्षमता परीक्षण र प्रमाणीकरणसम्बन्धी एकीकृत कार्यविधि तथा संस्थागत परीक्षण प्रणाली आवश्यक रहेको जनाएको हो । नाइमाले यसअघि नै अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमक्ष ईभी मोटर क्षमता परीक्षण, प्रमाणीकरण तथा प्राविधिक मूल्यांकनका विषयमा स्पष्ट, व्यावहारिक र एकरूप व्यवस्था गर्न आग्रह गर्दै आएको जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू