पार्टी अप्ठ्यारोमा परेका बेला पुनर्गठन भन्दै हिँड्नेहरूलाई कारबाही हुन्छ– अध्यक्ष ओली

यस स्टोरीको अंश: रामबहादुर थापाको दाबी: ओली र एमालेमाथि देशी-विदेशी शक्तिको षड्यन्त्र दासढुंगा घटनाकै निरन्तरता
www.setopati.com · 1 हप्ता अघि

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको बहस चलाउनेहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन्। सोमबार बसेको सचिवालय बैठकमा बोल्ने क्रममा अध्यक्ष ओलीले पार्टी र नेतृत्वमाथि संकट आइपरेका बेला झन् अप्ठ्यारो पर्ने गरी पुनर्गठनको बहस गर्न थालेको भन्दै उनीहरू सबैलाई अनुशासनको कारबाही गर्ने चेतावनी दिएको एक पदाधिकारीले बताए। 'अध्यक्षले सोमबारको बैठकमा झन्डै एक घन्टा बोल्नुभयो। पार्टी पुनर्गठनको बहस चलाउने नेता–कार्यकर्ताहरूप्रति उहाँले आक्रोश पोख्नुभयो,' ती नेताले भने।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू