ठेक्का तोडिएका ३९ आयोजनामा व्यवसायीबाट असुल गरिएन ५.७९ अर्ब, ६२ वटामा छैन खर्चको यकिन
▸ यस स्टोरीको अंश: ७८२ आयोजना अलपत्र, महालेखापरीक्षकको कार्यालयले ठेकेदार कारबाहीको माग गर्यो
विकासे मन्त्रालयले ठेक्का सम्झौता अन्त्य गरिएका आयोजनामा बाँकी कामका लागि लाग्ने रकम निर्माण व्यवसायीबाट असुल नगरेको पाइएको छ। गत आर्थिक वर्ष ठेक्का अन्त्य गरिएका ३९ वटा आयोजनामा बाँकी कामका लागि लाग्ने ५ अर्ब ७९ करोड १६ लाख ८१ हजार रुपैयाँ असुल गरिएको छैन। महालेखा परीक्षकको प्रतिवेदन अनुसार ६२ वटा आयोजनामा बाँकी काम गर्न लाग्ने खर्च यकिन गरिएको छैन र १७ ठेक्काको ५ करोड ४१ लाख ६१ हजार रुपैयाँ कार्यसम्पादन जमानत जफत गरिएको छैन।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›