गायब ११ प्रहरीलाई सात दिनको अल्टिमेटम
▸ यस स्टोरीको अंश: मकवानपुरमा मदिरा सेवन गरी सवारी चलाउने विरुद्ध प्रहरीको कडा अभियान
नेपाल प्रहरीका ११ जना कर्मचारी गत चैत महिनादेखि कार्यक्षेत्रमा गैरहाजिर भएका छन्। प्रहरी प्रधान कार्यालयले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै आफूखुशी अनुपस्थित रहेका ती कर्मचारीहरूलाई आगामी सात दिनभित्र सम्पर्कमा आउन कडा निर्देशन दिएको छ। लामो समयदेखि गायब हुनेहरूमा प्रहरी सहायक हवलदार पदका राम सकल रावत, ओमबहादुर चौधरी थारू र नरजंग वली रहेका छन्। यसैगरी प्रहरी जवानहरू पुनम चन्द, हरी भुल, केशर कुँवर, सन्दीप कार्की, नवीन कोइराला, राहुलकुमार साह, राजकुमार गुरूङ तथा प्रहरी कार्यालय सहयोगी विशाल कुँवर पनि बिनाजानकारी कार्यक्षेत्रमा अनुपस्थित छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›