काम रोकेका निर्माण व्यवसायीले मन्त्रालयका सचिवलाई बुझाए ज्ञापनपत्र
▸ यस स्टोरीको अंश: निर्माण व्यवसायीद्वारा सरकारलाई ज्ञापनपत्र: मूल्य समायोजन र म्याद थपको माग
निर्माण व्यवसायी महासंघले अत्यधिक मूल्यवृद्धिका कारण देशभरका सम्पूर्ण आयोजनाहरू स्वतः बन्द हुने अवस्थामा पुग्दा समेत सरकारले चासो नदिएको भन्दै एकीकृत पूर्वाधार विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिवहरूलाई ज्ञापनपत्र बुझाएको छ । महासंघका अध्यक्ष निकोलस पाण्डे नेतृत्वको टोलीले बढेको बजार भाउअनुसार ठेक्काको मूल्य समायोजन गरिनुपर्ने, काम रोकिएका आयोजनाहरूको म्याद थप गरी २०८४ असारसम्म काम गर्ने वातावरण मिलाउनुपर्ने र आगामी बजेटमा आयोजनाहरूको स्पष्ट बजेट शीर्षक र भुक्तानीको व्यवस्था गरिनुपर्ने माग गरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›